मन्त्रिपरिषद्ले के निर्णय गर्‍यो ?

काठमाडौं- सरकारले किसानका लागि उन्नत बीउ तथा बिजनको कार्यक्रम कार्यान्वयनका लागि कृषि विकास अन्तर्राष्ट्रिय कोषबाट प्राप्त भएको ऋण र अनुदान गरी रु तीन अर्ब ४० करोड रकम स्वीकार गर्ने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपालको कृषि क्षेत्रको विकासका लागि सो रकम खर्च गर्ने निर्णय गरेको शिक्षामन्त्री दीनानाथ शर्माले जानकारी दिए। 
यसैगरी मन्त्रिपरिषद्ले बर्दियाको कुसम्बाघाटमा झोलुङ्गे पुल निर्माणका लागि १५ वटा रुख र नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइन निर्माणका लागि हेटौँडा बर्दघाटखण्डको १६ हजार २५७ रुख काट्न दिने स्वीकृति समेत प्रदान गरेको छ।
निजामती सेवा पुरस्कारको रकममा लाग्ने आकस्मिक लाभ कर छुट दिने निर्णय भएको शिक्षामन्त्री शर्माले जानकारी दिए। नेपाल स्वास्थ्य सेवा जनरल सेवातर्फको वरिष्ठ सिस्टर नरदेवी वरियाको म्याद दुई वर्षका लागि थप गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.