मच्छिन्द्र सफल कपको फाइनलमा

पोखरा- पोखरा रङ्गशालामा सञ्चालन भइरहेको सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र क्लब विजयी भएको छ। निकै प्रतिस्पर्धात्मक आजको खेलमा मच्छिन्द्रले हिमालय शेर्पा क्लबलाई ३–१ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको हो।

खेलको निर्धारित समयसम्म मच्छिन्द्रका तर्फबाट कर्ण लिम्बू र हिमालय शेर्पाका तर्फबाट गणेश खड्काले एकएक गोल गरेपछि सो खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा मच्छिन्द्रका तर्फबाट कर्ण लिम्बू र दीपक राईले एकएक गोल गरेपछि मच्छिन्द्र विजयी भएको हो।
कात्तिक २५ गते शनिबार यसअघि नै फाइनलमा पुगिसकेको मनाङ मस्याङ्दी र मच्छिन्द्रबीच फाइनल खेल हुनेछ। मच्छिन्द्र क्लबले प्रतियोगिताका सशक्त दाबेदार नेपाल प्रहरी र भारतको कलकत्ता टिम तथा हिमालय शेर्पा क्लबले आरसिटी र बङ्गलादेशलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.