निर्वाचन आयोगको कार्यवाहक प्रमुखमा गुरुङ

काठमाडौं- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आजदेखि अवकाश पाएपछि प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी वरिष्ठताका आधारमा आयोगका आयुक्त दोलखबहादुर गुरुङले पाएका छन्। सेवा अवधि पूरा गरेका प्रमुख निर्वाचन आयुक्त उप्रेतीले बुधबारदेखि स्वतः अवकाश पाएका हुन्।

निर्वाचन आयोगका प्रवक्ता शारदाप्रसाद त्रितालले प्रमुख निर्वाचन आयुक्त उपे्रतीले भोलिदेखि कार्यालय नआउने सूचना पठाएको बताउँदै वरिष्ठताका आधारमा आयुक्त गुरुङले भोलि बिहीबारदेखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्ने बताए।

प्रवक्ता त्रितालका अनुसार संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक सेवा सर्तका बारेमा व्यवस्था गर्न बनेको ऐन, २०५३ ले वरिष्ठताका आधारमा भनेकाले गुरुङले जिम्मेवारी सम्हालेका थिए। विसं २०६६ जेठमा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अवकाश लिएपछि कार्यवाहक प्रमुख बनेका थिए। आयुक्त गुरुङले कार्यवाहकको जिम्मेवारी पुससम्म मात्रै निर्वाह गर्नेछन्।

संविधानले एक प्रमुख निर्वाचन आयुक्त र चार आयुक्त रहनुपर्ने व्यवस्था गरेपनि नयाँ नियुक्ति हुन सकेको छैन। अब आयोगमा एक कार्यवाहक निर्वाचन आयुक्त र आयुक्त अयोधीप्रसाद यादवमात्र रहेका छन्। उनीहरु दुवैजनाको कार्यावधि पुससम्म मात्रै हो। रासस

Leave a Reply

Your email address will not be published.