अर्गानिक किसान पुरस्कृत

चितवन- पूर्वी चितवनकी आशा चौधरीले आफ्नो खेतबारीमा मात्रै होइन, छिमेकीसँग समेत मिलेर सामुहिक अर्गानिक तरकारी खेती गरेकी छिन्। रासायनिक मल र विषादीले थुप्रै किसानका खेतबारीको माटो नाशहुँदै गएका बेला उनले अर्गानिक खेतीबाट आम्दानी लिन थालेकी छिन्। ‘हामी अर्गानिक तरकारी लगाउछौ’, उनले भनिन् ‘सामूहिक खेतीले सामुहिक भावना विकास गराएको छ।’ 

आदीबासी थारु महिला किसान समुहकी कोषाध्यक्ष उनी रासायनिक मल र विषादीको साटो गाईवस्तुको गोबर मल र झारपातबाट बनाइएको विषादी प्रयोग गर्छिन्।
त्यसैले पनि उनले मंगलबार दुइटा पुरस्कार पाइन। सामुहिक अर्गानिक खेती र एकलौटी तरकारी खेतीमा राम्रो उत्पादन गरेकाले उनलाई जिल्ला कृषी कार्यालयले नगद र प्रमाणपत्र दिएको हो।
रत्ननगर देवौलीकी जानकी चौधरी पनि अर्गानिक खेतीबाट धान फलाउँछिन्। उनले गत वर्ष एक विघाहा पाँचकठ्ठा खेतमा रासाययिनक मल प्रयोग गरेर ६० बोरा धान फलाइएकी थिईन्। ‘यो वर्ष अर्गानिक मल हालेर खेती गर्दा त ७० बोरा धान फल्यो’, उनी हौसिएकी छिन्।
अर्गानिक मल प्रयोग गर्दा उत्पादन घट्छ भन्ने किसानको मान्यता गलत रहेको उनले बताइन्। ‘रासायनिक मलले माटो खत्तम पार्छ त्यसैले पनि अर्गानिक विषादी र मल हालेर खेती गर्नुपर्ने रहेछ ‘,उनले भनिन्।
कृषी कार्यालयसँग मिलेर काम गरे किसानका लागि राम्रो हुने अनुभवन उनको छ। अर्गानिक उत्पादनमा सफल लक्ष्मी चौधरी पनि पुरस्कृत भइन्। चितवनका गाउँ गाउँमा अर्गानिक कृषी प्रणालीलाई बढावा दिन कृषी कार्यालयले पाठशाला चलाएको छ। विश्व खाद्य दिवसको अवसरमा कार्यालयले मंगलबार ५२ किसानलाई सम्मान गरेको हो। चितवन कृषीमा निर्भर जिल्ला हो।
रासायनिक विषादीबाट चितवनको कृषी क्षेत्रलाई मुक्त गर्ने अभियान थालिएको बरिष्ट बाली संरक्षण अधिकृत शिव रिजाल बताउँछन्। ‘कृषीमा आधुनिकीकरणसँगै प्रांगारिक खेती प्रणाली विकास गर्न जरुरी छ’, उनले भने।

नागरिक दैनिक साभार

अर्गानिक खेती गरेर सफल किसान बनेपछि सम्मानित भएका तीन थारु महिला। तस्बिर : चाँदनी हमाल

Leave a Reply

Your email address will not be published.