मच्छिन्द्र क्वाटर फाइनलमा

पोखरा- कास्की फुटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालामा भइरहेको सफल पोखरा कम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मच्छिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरी क्वाटर फाइनल प्रवेश गरेको छ। प्रतियोगितामा मच्छिन्द्रका लागि कर्ण लिम्बु र विशाल राईले गोल एकएक गरेका थिए भने पुलिसका लागि दिलीप राईले एक गोल गरेका थिए। भोलिको खेल आरटिसी र यति हिमालयन शेर्पा क्लबबीच हुनेछ। रासस

Leave a Reply

Your email address will not be published.