थारु पत्रकारमाथि आक्रमण

दाङ- हरप्लेससँग आबद्ध रहेका घोराही नगर स्तरिय शान्ति जागरण युवा सञ्जालका सदस्य तथा गोरक्ष राष्ट्रिय दैनिकमा कार्यरत थारु पत्रकार संघका जिल्ला सदस्य रुन्चुराम चौधरीलाई आफ्नै खेतमा काम गरिरहेका बेला अज्ञात समूहले आक्रमण गरेका छन्। हत्या गर्ने उदेश्यले गरिएको आक्रमणमा चौधरी घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार नेपाली सेनामा कार्यरत एक जवानले उनीमाथि आक्रमण गरेका थिए। दोषीलाई कानुनी दायरामा ल्याउन र हदैसम्मको कारबाही गर्न मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्रले प्रेस विज्ञ्पतीमार्फत् माग गरेका छन्।

त्यस्तै घटनाको भर्त्सना गर्दै थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितले घाइते पत्रकारको शिघ्र स्वास्थ्यको कामना गर्दै घटनाको दोषीलाई कानुनी कारबाहीका लागि प्रहरी प्रसाशनलाई अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published.