लोप हुँदै ‘सख्या’ नाच

सन्तोष दहित– वडा दशैंको अवसरमा नाचिने थारु समुदायको सख्या नाच अहिले लोप हुँदै गएको छ। महिनौं दिनसम्म नाचिने यो नाच अहिले १०/१५ दिनमात्र नाचिने हेकुली-८ की जुगमानी चौधरीले बताए। सख्या नाचका अगुवा एवं मोरिन्यासमेत रहेका उनले पहिलेका पूर्खाहरु एक महिनाभन्दा बढी नाच्दै आए पनि समय परिवर्तनसँगै आफूहरु १५ दिनसम्म नाचेको बताए। लामो समयसम्म नाच्दा पढन् जाने विद्यार्थीको पढाइमा असर परेकाले पनि छोट्याएको उनले बताए। उनले पूर्खाहरुले नाच्दै आएको सख्या नाच लोप नहोस भन्ने उद्देश्यले पनि केही दिन भए पनि नाच्ने गरेको बताए। घटस्थापनको ३ दिन अगाडिबाट सुरु सख्या नाचको कात्तिक १२ गते समापन भएको उनले बताए।
 
अन्य गाँउमा पनि यसैगरी यो नाचको समापन गरिँदैछ। गाँउको मटावाको घरमा ४०/५० जना थारु समुदायका अविवाहित थारु महिला र २०/२५ जना मादल बजाउने थारु पुरुषको जमातले सख्या नाच नाच्ने गर्छन्। नाच हेर्नेको घुइँचो लाग्ने गर्छ।

धेरै महत्व बोकेको यो नाचमा तन्त्रमन्त्र बोकेको नारायपुर-७ जमेराका महटवा चन्द्रप्रसाद चौधरीले बताए। यही नाचले थारु समुदायको पहिचान झल्काएकोसमेत उनले बताए। उनका अनुसार सख्या नाच नाचेपछि गाउँमा सुरक्षा हुने, अन्नबाली सप्रिने, मानिसहरु बिरामी नपर्नेजस्ता भनाई रहँदै आएको छ। यति ठूलो इतिहास बोकेको सख्या नाच लोप भएको देख्दा उनी दुःख भएको बताए। आजकलका युवाले सख्या नाचमा त्यति चासो नदिएको उनको गुनासो छ। ‘सख्या नाच महिनौं दिनसम्म नाच्नुपर्ने जरुरी छैन,’ उनले भने, ‘थारु समुदायको पहिचान झल्काउन ५/७ दिन नाचेपनि हुन्छ।’ उनले यस वर्षको दशैंमा अधिकांश गाउँमा सख्या नाच ननाच्दा आफूलाई दुःख लागेको सुनाए। गाँउ-गाँउमा यो नाच ननाच्नुको पछाडि उनी गाँउका महटवाहरुको कमजोरी देख्छन्।

सख्या नाच हेर्न आएका बेला नाचिरहेका समूहलाई आक्रमण गर्नेजस्ता क्रियाकलापले पनि यसप्रतिको चासो घटेको उनले बताए। यस वर्षको दशैंमा सख्या नाच हेर्न आएका केटाहरुलाई आफ्नो गाँउका साथीलाई आक्रमण गर्दा ज्यानै गुमाउनुपरेको उनको गुनासो थियो। त्यही भएर आफ्नो गाँउमा सख्या नाच ननाचेको उनी बताउँछन्। थारु समुदायको सख्या नाच नाच्ने बेला राज्यले सुरक्षाको व्यवस्था गरे थारु समुदायमा नाचिने यो नाचको जगेर्ना भइरहने उनको धारणा थियो।

Leave a Reply

Your email address will not be published.