सुनसान बनेको बुटवल बजारमा चहलपहल सुरु

बुटवल- विजयादशमीसँगै सुनसान बनेको बुटवल बजारमा विस्तारै चहलपहल सुरु भएको छ। विजयादशमीको टीका थाप्न सर्वसाधारण आआफ्ना घर लागेपछि बुटवल बजार सुनसान बनेको थियो। सर्वसाधारण आफ्ना दैनिक कार्यमा फर्किएपछि झण्डै एक साता बन्द रहेका बुटवलका पसलहरु पनि खुल्न थालेका छन्। यस क्षेत्रमा लाग्ने साप्ताहिक हाटबजारमा पनि सर्वसाधारणको भिड लाग्न थालेको छ। देशका विभिन्न जिल्लाबाट बुटवल भित्रिने सवारी साधनमा यात्रुको चाप पनि बढ्दै गएको छ।

दशैंको चौथो दिन सम्म बुटवल बजार भित्रिनेहरु पनि बढ्दै गएका छन्। विभिन्न पेसा व्यवसाय तथा अध्ययनका लागि बुटवलमा बसोबास गरेका सर्वसाधारण विस्तारै बुटवल फर्किन थालेका हुन्। विशेषगरी यस क्षेत्रका पहाडी जिल्लाहरु गुल्मी, अर्घाखांची, पाल्पा लगायत प्यूठान, पर्वत, बाग्लुङ, दाङ लगायतका जिल्लाहरुबाट बुटवल आउने सवारी साधनहरुमा यात्रुहरुको चाप बढी देखिने गरेको छ। दशैंको बेला शहरबाट गाउं गएका सर्वसाधारण एकैपटक सहर फर्किने गरेका कारण सवारी साधनहरुमा पनि भिड बढेको हो।

Leave a Reply

Your email address will not be published.