अस्ट्रेलियाकी प्रधानमन्त्री भारतमा चिप्लिइन् (भिडियोसहित)

एजेन्सी- भारत भ्रमणमा रहेकी अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड नयाँ दिल्लीको राजघाटस्थित गान्धी मेमोरियलबाट फर्कने क्रममा चिप्लिएर लड्न पुगेकी छिन्। स्कर्ट र हिल जुत्ता लगाएर भिजेको घाँसमा हिँडिरहेकी जुलिया चिप्लिएर अकस्मात् लडेपछि सँगै रहेका पुरुषले उठाउनुपरेको थियो। उनी हातले टेक्ने गरी भूँइमा लडेकी थिइन्।

सहयोगीहरुले उठाएपछि उनी पूर्ववत् हिँडेकी थिइन्। यो घटनाका कारण उनले आफ्नो व्यस्त कार्यक्रम तालिका कुनै पनि परिवर्तन गरिनन्। तीन दिने राजकीय भ्रमणको अन्तिम दिन यो घटना भएको थियो।

भिडियो हेर्नुस् :

Leave a Reply

Your email address will not be published.