मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं- नेपाल एसीसी इलिट कपको फाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियालाई २१ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश पाएको हो। टस हारेर ब्याटिङका लागि निम्त्याइएका नेपालले निर्धारित ४५ ओभरको खेलमा ९ विकेट गुमाउँदै २४१ रन बनायो। २४२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा २२० रनमात्र जोड्यो।

नेपालका लागि म्यान अफ दी म्याच पारस खड्काले सर्वाधिक ८९ रन जोडे। त्यस्तै पृथु बास्कोटाले सर्वाधिक ३ विकेट लिए भने शक्ति गौचनले २ विकेट लिए। बादल लागेर म्याच सुरू हुन ढिलो भएपछि ४५ ओभरमा घटाइएको थियो।
नेपालले शुक्रबार आयोजक युएइसँग भिड्नेछ। यसअघि नेपालले युएइलाई यही प्रतियोगितामा ४ विकेटले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published.