शरणार्थी शिविरमा आगलागी, ५० लाखभन्दा बढीको क्षति

भ्रद्रपुर- बेलडाँगी–२ स्थित भुटानी शरणार्थी शिविरमा आज दिउँसो भएको आगलागीमा १०० भन्दा बढी छाप्रो जल्नुका साथै लाखौँको सम्पति जलेर नष्ट भएको छ। सेक्टर–४बाट दिउँसो १ बजेर ३५ मिनेटमा सुरु भएको आगलागीमा परी १२५ वटा छाप्रो जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
छाप्रोका साथै शरणार्थीहरूको लत्ताकपडा, खाद्यान, भाँडावर्तन, गरगहनाका र नगदसमेत गरी रु ५० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो नियन्त्रण गर्नेक्रममा करिब २१ वटा छाप्रोसमेत भत्काएको बताइएको छ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीका ५० जवान र सशस्त्रका ५० गरी १०० सुरक्षाकर्मी, इटहरी, भद्रपुर र दमकको दुईवटा गरी चारवटा बारुणयन्त्रका साथै स्थानीय जनताको सहयोगमा एक घण्टामा आगो नियन्त्रणमा आएको थियो। सेक्टर–४ को छाप्रो नम्बर २१ ब्ास्ने तीर्थराज पौडेलको छाप्रोबाट ग्याँस चुहिँएर आगलागी सुरु भएको अनुमान प्रहरीले गरेको छ। उक्त आगलागीबाट कुनै मानवीय क्षति नभएको बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.