उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगिताको क्यार्टरफाइनलमा अब नेपालको भिडन्त आयोजक टोली बङ्गलादेशसँग हुने पक्का भएको छ । आज भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले नामिबियालाई ८ विकेटले पराजित गर्दै उसले नेपालसँगको भेट पक्का गरेको हो ।
जितसँगै सबै खेलमा स्पष्ट जित निकालेको बङ्गलादेश समूह ‘ए’को विजेता बनेको छ भने हार भएपनि नामिबिया उपविजेता भएको छ ।
यता, न्युजिल्यान्ड र आयरल्यान्डलाई पराजित गरेको नेपाल समूह ‘डी’को उपविजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको हो । त्यस्तै, नेपालसहित समूह चरणका तीन वटै टोलीलाई हराएर समूह विजेता बनेको भारतको भेट नामिबियासँग हुनेछ ।
नेपाल र बङ्गलादेशबीचको क्वार्टरफाइनल खेल आगामी माघ २२ गते बङ्गलादेशको मीरपुरमा हुनेछ । रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर