एमालेले उम्मेदवारको नामावली एकमुष्ट सार्वजनिक गर्ने

काठमाडौं- नेकपा (एमाले) ले आगामी संविधानसभा निर्वाचनका लागि पार्टीका तर्फबाट चयन हुने उम्मेदवारको नामावली एकै पटक सार्वजनिक गर्ने तयारी गरेको छ। स्थायी समितिको बसेको बैठकले मातहतका कमिटीबाट सिफारिस भएका नामबारे एकसरो छलफल सकाएको छ। पार्टीले केही दिनमै यसलाई निर्णायक बनाउने निष्कर्ष निकालेको छ।

बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले पत्रकारसँग कुरा गर्दै स्थायी कमिटीले नामावाली चाँडै टुङ्गो लगाएर अनुमोदनका लागि केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने जानकारी दिए। उनले प्राप्त सिफारिसलाई पार्टीले पहिलो चरणको सूचीकरण (सर्टआउट) गरिसकेको पनि बताए।

पार्टीका सचिव शङ्कर पोखरेलले मेची अञ्चलबाट क्रमशः उम्मेदवारबारे छलफल प्रारम्भ गरिएको र अन्य दलका उम्मेदवारको चयन प्रक्रियालाई पनि अवलोकन गरिइरहेको जनाउँदै निर्वाचनमा पार्टी पहिलो शक्ति हुने गरी विशेष सजगताका साथ निर्णयमा पुगिने छ भने। स्थायी कमिटीको बैठक मङ्गलबार पनि बस्नेछ। रासस

Leave a Reply

Your email address will not be published.