बाल्कनद्वारा थ्रीस्टारविरुद्ध गोलको वर्षा

3 starकाठमाडौं- एएफसी प्रेसिडेन्ट कप फुटबल प्रतियोगितअन्तर्गत आज भएको फाइनल चरणको पहिलो खेलमा नेपालको थिस्टार क्लब पराजित भएको छ। मलेसियाको मेलकास्थित हाङग जेबाट रङ्गशालामा भएको सो प्रतियोगितामा थ्रीस्टार तुर्किमेनिस्तानको बाल्कन क्लबसँग ६–० को फराकिलो गोलअन्तरले पराजित भयो। खेलको सुरुदेखि नै थि्रस्टारलाई दबाबमा राखेको तुर्किमेनिस्तानले खेलको पहिलो हाफको २२ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलेको थियो। तुर्किमेनिस्तानका खेलाडी येभ्गेनी काचेन्कोलेले डिबक्स भित्रबाट गोल गर्दै खाता खोलेका थिए भने त्यसको दुई मिनेट पनि बित्न नपाउदै तुर्किमेनिस्तानकै कप्तान कारादानोभ मामेलालीले थप एक गोल गरे। 

यस्तै खेलको दोस्रो हाफमा पनि थि्रस्टारले राम्रो खेल प्रर्दशन गर्न सकेन। तुर्किमेनिस्तानका अर्का खेलाडी सपारोभ मेकान दोस्रो हाफको ५९ औँ मिनेटमा तेस्रो गोल गर्न सफल भए।

उनले येभ्गेनीको कर्नर पासमा शेरमेतोभ राहमतले मिलाइदिएको हेड बललाई सदुपयोग गर्दै गोल गरेका थिए। यसैगरी खेलको ६४ औँ मिनेटमा शेरमेतोभ राहमत र खेलको ७७ औँ मिनेटमा गुरबानी अमिरले एक–एक गोल थपे।

तुर्किमेनिस्तानका अर्का खेलाडी चोनकायेभ गहरीमानले खेलको ८६ औँ मिनेटमा थप एक गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे। यस खेलसँगै तुर्किमेनिस्तानले ३ अङ्क जोडेको छ।

समूह ए मा रहेको नेपालको थ्रीस्टार क्लबसँगै तुर्किमेनिस्तानको बाल्कन क्लब र मंगोलियाको इरचिम फुटबल क्लब छन् भने समूह बी मा प्यालेस्टाइनको अलकुद हिलाल क्लब, किर्गिस्तानको डोरडोरे क्लब र पाकिस्तानको के एलआर क्लब रहेका छन्।

यी दुवै समूहको विजेता र उपविजेता टिम सेमिफाइनल हुँदै फाइनलमा प्रवेश गर्नेछन्। विजेता टिमले ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।

सो प्रतियोगितामा थि्रस्टारको यो दोस्रो सहभागिता हो। यसअघि सन् २००५ मा काठमाडौँमा भएको प्रेसिडेन्ट कपमा थि्रस्टार क्लब सेमिफाइनलसम्म पुगेको थियो।

थ्रीस्टारका प्रशिक्षक प्रदीप हुमागाईले प्रेसीडेन्ट कप जस्तो प्रतिष्ठित प्रतियोगिता खेल्ने टोलीको तयारी नै अपुग भएका कारण हार बेहोर्नुपरेको बताए।

थ्रीस्टारले आफ्नो दोस्रो खेलमा यही असोज ९ गते बुधबार मंगोलियाको इरचिम फुटबल क्लबसँग खेल्नेछ। गत वैशाखमा काठमाडौंमा भएको प्रेसिडेन्ट कपको छनोट चरणमा इरचिमलाई थि्रस्टारले २–० गोलअन्तरले हराएको थियो। रासस

Leave a Reply

Your email address will not be published.