लाओसविरुद्ध खेल्ने नेपाली टाेलीमा अादित्य चाैधरी र भरत खवास पनि

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लाओसविरुद्ध हुने मैत्रीपूर्ण खेलको लागि २० सदस्यीय टोली घोषणा गरेको छ। नेपाल र लाओसबीच मे २९ मा लाओसमा मैत्रीपूर्ण खेल हुँदैछ। पहिलो चरणका ३३ खेलाडीबाट अन्तिम २० खेलाडी छानेको एन्फाले जनाएको छ। नेपाली टिमको कप्तानी अनिल गुरुङले गर्दैछन् भने गोलकिपरमा किरण चेमजोङ छन्। लाओस फिफाको १७६ औं स्थानमा छ भने नेपाल १८० औं स्थानमा छ।
नेपाली टिमा निम्न छन्:

किरण चेमजोङ- गोलकिपर, विकेस कुथु – गोलकिपर, रविन श्रेष्ठ – डिफेन्डर, अनन्त तामाङ – डिफेन्डर, आदित्य चौधरी – डिफेन्डर, देवेन्द्र तामाङ – डिफेन्डर, कमल श्रेष्ठ- डिफेन्डर, विराज महर्जन- डिफेन्डर, प्रकास बुढाथोकी- मिडफिल्डर,
सुजल श्रेष्ठ- मिडफिल्डर, हेमन गुरुङ – मिडफिल्डर, विक्रम लामा- मिडफिल्डर, विशाल राई- मिडफिल्डर, राजेन्द्र रावल- मिडफिल्डर, अन्जन विष्ट- मिडफिल्डर, जगजित श्रेष्ठ- मिडफिल्डर, भरत खवास- फर्वाड, नवयुग श्रेष्ठ- फर्वाड, अनिल गुरुङ- फर्वाड, सुनिल बल- फर्वाड

Leave a Reply

Your email address will not be published.