थारु पत्रकार संघ कपिलवस्तु शाखाको अध्यक्षमा श्याम सिटी

कमल चौधरी।
पत्रकारलाई टिकाउनको लागि खोजमुलक तथा व्यवसायिक पत्रकारिता हुन जारुरी रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिए ।
बाणगंगा नगरपालिका–४ गजेहडा कपिलबस्तुको विपी स्मृति भवनमा शनिबार भएको थारु पत्रकार संघ कपिलबस्तु शाखाको तेस्रो साधारण सभा तथा अधिवेशन कार्यक्रममा बोल्दै बक्ताहरुले उक्ता कुरामा जोड दिएका हुन् । 

उनीहरुले पत्रकारिता पेसा निकै संघर्षशिल रहेको भन्दै यो पेसा समाज र देशलाई परिवर्तन गर्न थारु पत्रकार बुद्धिजिवी अगुवाहरु एक जुट भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा कपिलबस्तु जिल्ला समन्वय समितिका उपसंयोजक तारावती थारुले पत्रकारलाई व्यवसायिक गर्दै आर्थिक पाटो बलियो बनाउँदै लैजानुपर्ने बताइन् । उनले भनिन्– “थारु पत्रकारहरुको आर्थिक पाटो बलियो नभएसम्म यो क्षेत्रमा टिकाइराख्न गाह्रो छ । त्यसैले उनीहरुलाई व्यवसायिक रुपले खोज पत्रकारिताको लागि विभिन्न किसिमको कार्यक्रम गर्न आवश्यक छ ।”

उनले पत्रकारिता क्षेत्रमा विभिन्न किसिमको सामास्य रहेको बताउँदै थारु भाषा, धर्म संस्कृतिको संरक्षणको लागि थारु अगुवा अब एक जुट भएर अगाडि वढ्नुपर्ने बताइन् ।

त्यस्तै बाणगंगा नगरपालिका प्रमुख मंगल प्रसाद थारुले पत्रकारिता सेवामूलक पेसा रहेको बताउँदै उत्पीडित जाति समुदायको अधिकार र पहिचान सुनिश्चितको लागि शसक्त भएर पत्रकारहरुले कलम चलाउन अग्रह गरे ।

उनले थारु पत्रकारसंग आफ्नो नजिकको सम्बन्ध रहेको बताउँदै थारु पत्रकार संघलाई अगाडि बढाउन र यसलाई दिघ्र्राकालीन रुपले लैजानसक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।

उनले देशलाई आमूल परिवर्तन गर्ने एउटा महत्वपूर्ण अंग पत्रकार रहेको भन्दै मुलुकको समाग्र विकास र जातीय पहिचान संरक्षण र प्रवद्र्धन गर्न थारु पत्रकार शसक्त भएर कलम चलनुपर्नेमा जोड दिए ।

त्यस्तै थारु पत्रकार संघका केन्द्रीय सदस्य कमल चौधरीले थारु पत्रकारहरुलाई अब व्यवसायिक रुपले पत्रकारिता गर्नुको कुनै विकल्प नरहेको जिकिर गरे । उनले व्यवसायिक तथा खोज पत्रकारिता नगरेसम्म पत्रकारहरुको मिडियामा टिक्न समस्या रहेको प्रतिक्रिया दिँदै आधुनिक समयअनुसार पत्रकारहरु चल्न जारुरी रहेको बताए ।

उनले थारु पत्रकारलाई टिकाउनका लागि थारु अगुवाहरुले मिडियामा लगानी गर्न जारुरी रहेको बताउँदै जातीय पहिचान भाषा, संस्कृतिको विकास र प्रवद्र्धन गर्न आफ्नै छुट्टै मिडिया आवश्यक रहेको बताए ।

त्यस्तै कार्यक्रममा थारु कल्यणकारिणी सभाका केन्द्रीय सदस्य जंजीर प्रसाद थारु, थारु कल्यणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा चौधरी, थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष उमा शंकर चौधरी, थारु पत्रकार संघ शाखा कपिलबस्तुका सल्लाहकार महादेव चौधरी, थारु जनकवि बम बहादुर चौधरी, नेपाल पत्रकार महासंघका जिल्ला शाखा उपाध्यक्ष पार्वती पाण्डे, थारु कल्याणकरिणी सभाका जिल्ला सह–सचिव राजेश चौधरी लगायतले बौल्दै थारु समुदायका हक अधिकार सुनिश्चित गर्न एक जुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

श्यम सिटीको अध्यक्षतामा नयाँ कार्यमिति

त्यस्तै थारु पत्रकार संघ जिल्ला कार्यसमिति कपिलबस्तुको तेस्रो साधारण सभा तथा अधिवेशनबाट पुन श्याम सिटी को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसहमतिबाट चयन गरेको छ ।

जसको उपाध्यक्षमा रामआवतार चौधरी, सचिवमा सरिता थारु, सह–सचिवमा सोन कुमारी थारु, कोषाध्यक्षमा सरिता थारु चयन भएका छन् ।
भने सदस्यहरुमा क्रमशः माया थारु, संजय कुमार चौधरी, रमेश थारु, सृजना थारु, अनिल थारु, लक्ष्मी थारु, बन्दना थारु, हेमन्त थारु चयन गरेको निर्वाचन समितिका संयोगक तथा थारु पत्रकार संघका संल्लाहकार महादेव थारुले बताए ।

त्यस्तै शनिबारै सम्पन्न थारु पत्रकार संघ बारा शाखाको अध्यक्षमा जियालाल चौधरी चयन भएका छन्। यसअघि बाँकेमा भगतराम थारु, चितवनमा सुमित्रा महतो र पर्सामा ओमप्रकाश चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको थियो।

Leave a Reply

Your email address will not be published.