रेशम चौधरीको शब्द संगीतमा गुन्जिदैछ टीकापुर

थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा रेशम चौधरीको शब्द संगीत गुन्जिने भएको छ । जगो जागो थारु गोचाली, हम्र हुइटी सक्कु नेपाली बोलको गीत गणेश चौधरीले अरेन्ज गर्दैछन् ।
भदौ ७ गतेको उद्घाटन सत्रमा यो गीतलाई थारु सांगीतिक क्षेत्रका हस्तीहरुले गाउनेछन् । ख्यातीप्राप्त गायकगायिका अन्नु चौधरी, समीक्षा चौधरी, गणेश चौधरी, रोशन रत्गैँया, राज कुश्मीलगायत दस जनाले यो गीत एकसाथ गाउनेछन् ।

यो गीत गाएर आफू खुसी भएको गायिका अन्नु चौधरीले बताइन् । थारु अधिकारका निम्ति थारु कलाकारहरुले पनि आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताउँदै उनले टीकापुरको मञ्चमा यो गीत गुन्जिने बताइन् ।

गीतको केही हरफ यस्तो छ:
जगो जागो थारु गोचाली, हम्र हुइटी सक्कु नेपाली
कस्तो होला नेपाली भै नेपाली न हुने
नागरिकता भएपनि नागरिक न हुने
जगो जागो थारु गोचाली, हम्र हुइटी सक्कु नेपाली

कार्यकर्ता बन्न हुने नेता चाहिँ नहुने
कर्मचारी बन्न हुने हाकीम चाहिँ न नहुने
आदिवासी भूमिपुत्र भन्न चाहिँ भन्न
नागरिकता दिने मात्रै नागरिक न भन्ने
जगो जागो थारु गोचाली, हम्र हुइटी सक्कु नेपाल

कोइले पाए अखण्ड त कोइले कर्णाली
सबले पाए आफ्ना हक खोइ त हाम्रो पाली
कोइले पाए हिमाल पहाड कोइले मधेश पाए
हामीलाई पहिचान दिने आश मात्रै देखाए

Leave a Reply

Your email address will not be published.