खिचरा महोत्सवमा श्रीनिवास र अ्न्नुले झुमाए दर्शक

पुस २८ गतेदेखि पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सव अन्तरगत आज (विहीबार) पनि दर्शकहरु झुमेका छन् । आज चर्चित गायक श्रीनिवास चौधरी, गायिका अनु चौधरी, युवा पुस्तामाझका लोकप्रिय गायक अलमोडा राना उप्रेतीको प्रस्तुतीले उपस्थित दर्शकहरु झुमेका थिए ।

अपरान्ह स्टेज चढेका गायक श्रीनिवास र गायिका अनुले नेपाली, भोजपुरी र थारु गीत गाउँदै दर्शकहरुलाई नचाएका थिए । उनीहरुले चर्चित गीत नजरसे नजरिया मिलाके.., आइल रे आइल माघी, चोयाको डोको… लगायत आधा दर्जन भन्दा बढि गीत गाएका थिए । यस्तै गायक अलमोडा भने आफ्नो व्याण्डसहित स्टेजमा प्रस्तुती दिएका थिए । उनले इशाराले बोलाउनु पर्दैन..,पानी प¥यो..लगायतको करिव एक दर्जन गीत गाउँदै दर्शक झुमाएका थिए ।

यस्तै महोत्सवमा आज थारु साँस्कृतिक नृत्यका साथै अन्य नृत्यहरु प्रस्तुत गरिएको थियो । महोत्सव अन्तरगत भोलि चर्चित गायक दीपक बज्रचार्यको व्याण्डको प्रस्तुतीसंगै अन्य साँस्कृतिक प्रस्तुती रहेको साँस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए ।

माघ ७ गतेसम्म चल्ने महोत्सवमा विभिन्न व्यापारिक स्टल, बाल उद्यान, थारु मिनी गाउँ, अटो परिसर, होटेलका स्टलहरु रहेका छन् । महोत्सवमा दिनप्रति दर्शकको संख्या पनि बढ्दै गइरहेको छ ।

खिचरा महोत्सवमा खुल्ला नृत्य प्रतियोगिता

पूर्वी चितवनको खैरहनी जारीमा छैठौं खिचरा महोत्सव अन्तरगत आयोजित खुल्ला नृत्य प्रतियोगिताको आज (विहीबार) फाइनल प्रतिस्पर्धा भएको छ ।

फाईनलमा कृपा चौधरी, क्रिस्टिना बस्नेत, कुसुम थापा मगर, सुप्रिना खनाल, महिमा चेपाङ, मन्जिता आले मगर, दिपिका चौधरी, पुनम थापा मगर र उत्सव थापा मगरको जोडीले प्रस्तुती दिएका छन् । प्रतियोगिताको विजेता घोषणा भने माघ ६ गते साँझ घोषणा गरिने छ । आज प्रस्तुती दिएका आठ जनाको भिडियोमा गरिने भोटिङ र निर्णायकको अंकको आधारमा विजेता घोषणा गरिने नृत्य प्रतियोगिताका संयोजक हरिशरण चौधरीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, द्धितीय हुनेले २० हजार रुपैयाँ, तृतीय हुनेले १० हजार रुपैयाँ, सान्त्वना पुरस्कार स्वरुप दुई जनाले पाँच÷पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न अडिसनबाट छर्नाट भएका १९ टोलीले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । माघ ७ गतेसम्म चल्ने महोत्समा खुल्ला नृत्यको अलवा फोटो÷सेल्फी प्रतियोगिता, हाँस समाउने प्रतियोगिता, चित्रकलालगायतको प्रतियोगिता आयोजना गरिएको छ ।

‘जितिया काथा’ पुस्तक विमोचन

थारु समुदायका महिलाहरुको महान् चाड जितिया पर्वमा सुनिने कथा समेटिएको पुस्तक ‘जितिया काथा’ विमोचन गरिएको छ ।

पूर्वी चितवनको खैरहनी–५ गौचरनमा जारी छैठौं संस्करणको खिचरा महोत्सवमा सो पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा थारु कल्याणकारिणी सभा (थाकस) की पूर्व केन्द्रीय एवंम खिचरा महोत्सव अतिथि आमन्त्रण तथा सत्कार संयोजक सदस्य चन्द्रकुमारी चौधरी र थाकस पूर्व केन्द्रीय पार्सद एवंम खिचरा महोत्सव समन्वय समितिका संयोजक कृष्णलाल चौधरीले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए । सो क्रममा बौल्दै उनीहरुले जितिया पर्वमा सुनिने कथा पुस्तकको रुपमा अभिलेख भएकोमा खुशी व्यक्त गरे ।

पुस्तकका संकलक÷लेखक जोखा चौधरीले जितिया पर्वमा सुनिने कथामा एकरुपता आओस् भन्ने उद्देश्यले पुस्तक निकालिएको बताए । थारु कल्याणकारिणी सभा क्षेत्र नं.६ राप्ती नगरपालिका पूर्वी चितवनले प्रकाशन गरेको पुस्तक २५ पेजको रहेको छ । पुस्तकमा जितवाहनको कथा रहेको छ ।

Leave a Reply

Your email address will not be published.