अष्ट्रेलियाको सिड्नीमा भब्य थारु माघी कार्यक्रम [फोटो फिचर]

थारु माघी पर्वको अवसरमा अष्ट्रेलियाबासी थारुहरुले पहिलोपटक माघी कार्यक्रम आयोजना गरेका छन्। सिड्नीको टेम्पे पार्कमा दीप नारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ सयभन्दा बढीको सहभागिता थियो। कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद पद्मनारायण चौधरी प्रमुख आतिथि थिए। 

सांसद चौधरीले देशको विकासमा आदिवासीहरुको भूमिका अपरिहार्य भएपनि राज्यले उनीहरुलाई उपेक्षा गरेको बताए। उनले थारुहरुको नयाँ वर्षजस्तो चाडमा सरकारले विदा नदिएको गुनासो गर्दै यसबारे ससंसदमा कुरा उठाएको बताए। पारिवारिक भेटघाटका क्रममा सिड्नी पुगेका सांसद चौधरीले प्रवासको कार्यक्रममा सहभागी भएर आफू खुसी भएको बताए।

थारु सोसाइटी सिडनी अष्ट्रेलियाका पब्लिक अफिसर अरुण कुमार चौधरीले सहभागी सबैलाई स्वागत गरेका थिए। उनले माघी कार्यक्रम पहिलोपटक आयोजना गरेको र आफूहरुले सक्दो राम्रो बनाउने प्रयास गरेको बताए। सोफिया चौधरी र सुनम चौधरीले सञ्चालन गरेको कार्यक्रममा थारु सहभागी सबैजना पोसाकमा सजिएका थिए। कार्यक्रममा थारु गीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा NINFA अध्यक्ष अरुओ के तामाङ, उपाध्यक्ष लक्ष्मण तामाङ, एआरएनएका उपाध्यक्ष नन्द गुरुङ, सचिव देव गुरुङ, थारु महिला सभाका तारा देवी चौधरी, बेकर्स डिलाइटका भरत अधिकारी र सरु खतिवडा, इनोभेटिभ एसोसिएट्सका दिला खरेल,  मल्टी डाइनामिकका मेघराज पौडेल, स्मार्ट लाइन मोरटेजका कपिल नेपाल, नेपाली टचका दिपेश पुन र राज के गोश्वामलगायत सहभागी थिए।

Leave a Reply

Your email address will not be published.