बाणगंगामा माघी ‘खिचडी’ महोत्सव सुरु

श्याम सि.टी./कपिलवस्तु।
थारु समुदायको नयाँ वर्ष माघी खिचडीको पावन अवसरमा थारु भाषा, कला, संस्कृति हम्मनके शान, पर्यटन प्रवर्द्धन कयना हम्मनके अभियान भन्ने मूल नाराको साथमा तीन दिने प्रथम बाणगंगा नगर स्तरीय माघी खिचडी महोत्सव महाशिवरात्री मेलाको प्राङ्गणमा सुरु भएको छ ।

थारु भेष भुषाभाषा, कला, संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्ष मनाउने क्रममा अहिले थारु समुदायमा ठाउँ ठाउँमा महोत्सव गरी मनाइरहेको बेला यो वर्षदेखि यस नगरमा पनि नगर स्तरीय महोत्सव गर्न लागेको आयोजकले जनाएको छ। महोत्सव मनाई रहँदा फुटेर होइन जुटेर जानु पर्छ, थारु समुदायको साँस्कृतिक पक्ष मात्रै नभएर शैक्षिक, समाजिक, आर्थिक,ब्यवसायिक क्षेत्रमा पनि विकास गर्नुपर्छ। थारु समुदायको संस्कृतिलाई विश्वमा चिनाउनको लागि यस क्षेत्रमा पनि थारु होम स्टेको निर्माण गर्न सके पर्यटन प्रर्वद्धन गर्न सकिने प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले बताए।

तीन दिनसम्म चल्ने महोत्सवमा थारु समुदायको खानपान, भेषभुषा, सीप कलाको प्रर्दशन गरिनेछ। झुमरा, झर्रा, सजनी, विरहनी, मयुर नाच, लट्ठी नाँच, रेकर्ड डान्स प्रतियोगित तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ।

महोत्सवमा बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल, जिल्ला समन्वय समितिका उपसंयोजक तारावती थारु, वाणगंगा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री,बाणगंगा नगरपालिका वडा नं १० का अध्यक्ष राम विहारी थारु, बाणगंगा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष सोमनाथ अर्याल, नेपाली काँग्रेस कपिलवस्तु जिल्ला कमिटि सदस्य रवि बहादुर काफ्ले, राष्ट्रिय थारु मुक्ति मोर्चा नेपाल केन्द्रीय सदस्य गणेश थारु, नेपाल कम्युनिष्ट पार्टी जिल्ला सचिवालय सदस्य डाक्टर थारु, ओदारी खानेपानी उपभोक्ता समिति अध्यक्ष राम शंकर थारु लगायतका वक्ताहरुले आ आफनो शुभकामना मन्तब्य राखेका थिए।

Leave a Reply

Your email address will not be published.