हाजिरी जवाफ प्रतियोगितामा इन्टरनेशनल प्रथम

कारी महतो/चितवन
छैठौं खिचरा महोत्सवमा आज भएको हाजिरी जवाफ प्रतियोगितामा इन्टरनेशनल ईङ्लिश मोडेल स्कुल, खैरहनी ६, पर्सा प्रथम, डेजी ईङ्लिस मोडेल स्कुल द्वितीय र नवोदय स्कुल तृतीय भएका छन् ।

प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः आड हजार, पाँच हजार र तीन हजार नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । नगद पुरस्कार भण्डारास्थित लुलु बुक्सले सौजन्य गरेका थिए ।

भोलि पुस ३० गते चित्रकला प्रतियोगिता, माघ २ देखि ६ गतेसम्म हाँस समाउने प्रतियोगिता, ४ गते स्लो साईकल रेस, ५ गते भेटरान दौड प्रतियोगिता हुने शैक्षिक तथा खेलकुद व्यवस्थापन समितिका संयोजक आशाराम चौधरीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.