थाकस कैलालीद्वारा रेशम चौधरीलाई रिहाई गर्न माग

सांसद रेशम चौधरी लगायत कैलाली करागारमा रहेको राजबनदीहरुलाई जेलमुक्त गर्न थारु कल्याणकारिणी सभा कैलाली र थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली जोडदार माग गरेको छ ।

थारु कल्याण कारिणी सभा कैलालीका कार्यबाहक अध्यक्ष माधव चौधरी र थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरी विज्ञप्ती जारी गर्दै रिहा गर्न जोडदार माग गरेका हुन् । ‘टीकापुर घटनालाई सरकारले राजनीतिक मुद्धा ठहर गरी टीकापुर मुद्धामा आरोपित गरिएका सांसद रेशम चौधरी लगायत राजबन्दीमाथिको झुठा मुद्धा फिर्ता गरि ससम्मान जेलमुक्त गर्न जोडदार माग गर्दछौ विज्ञप्तीमा उल्लेख छ ।’

Leave a Reply

Your email address will not be published.