सिराहामा थारु भाषा सम्‍मेलन सुरु

तराईका आदिवासी थारु समुदायले आफ्‍नो मातृभाषालाई नगरभाषाको रुपमा माग गर्दै लहान सिराहामा थारु भाषा सम्‍मेलन सुरु भएको छ।

थारु भाषा, जीवनको आशा भन्‍ने नाराका साथ थारु साहित्‍य केन्द्र नेपालले प्रदेश नम्बर २ को लाहान सिरहामा थारु भाषा साहित्‍य र कलाको संरक्षण सम्वर्द्धन कसरी र किन भन्‍ने नारा दिएर सम्‍मेलन सुरु भएको हो। कार्यक्रमा थारु भाषाका लिपी, इतिहास र सवल र कमोजरीको पक्षमा छलफल हुनेछ।

कार्यक्रममा थारु भाषाको बारेमा भुलाई चौधरी, थारु लिपीको बारेमा लिपीविद् लक्ष्मण चौधरी, महेश चौधरी, रमाकान्त चौधरी उर्फ राज थारु, देवनारायन चौधरी, जयराम पंजियार, किशोर चौधरी लगायतले कार्यपत्र प्रस्तुत गर्नेछन्।

Leave a Reply

Your email address will not be published.