पुस ६ गतेदेखि थारु भाषाको नाटक ‘करोट’ मञ्चन हुँदै

दुई वर्षको अन्तरालपछि राजधानीमा थारु भाषाको नाटक मञ्चन हुने भएको छ। ख्याल बगालको प्रस्तुती र थारु फिल्मस् प्रोडक्सनको सहयोजनामा रंगकर्मी प्रणव आकाशको लेखन तथा निर्देशनमा ‘करोट’ नाटक मञ्चन हुने भएको हो। नाटक पुस ६ गतेदेखि २१ गतेसम्म सर्वनाम थियटरमा मञ्चन हुनेछ।

यो नाटक मध्यमस्तरीय परिवारमा लालचले निम्त्याउने परिणामको कथामा आधारित छ। निर्देशक प्रणवका अनुसार यो कथा आम समाजको हो। जहाँ सानो लालचले परिवार नै सखाप भइरहेको हुन्छ। यसको माध्य थारु भाषामात्र बनाइएको हो।

उनले थारु भाषामा नाटक मञ्चन गर्नुको कारण यस क्षेत्रमा युवा जमातलाई आकर्षण गर्नुका साथै थारु भाषा र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए।

नाटकमा इन्द्र चौधरी, सुनिता चौधरी, दीपक पछलडंगिया, भूमिका चौधरी, शान्ति चौधरी, निरज बाबु चौधरी, उर्मिला चौधरी र लक्ष्मी चौधरीको अभिनय हेर्न सकिन्छ।

Leave a Reply

Your email address will not be published.