अष्ट्रेलियाबासी थारुले गरे ‘मिट एन्ट ग्रिट’ कार्यक्रम, माघी पर्व भब्य मनाउने

थारु सोसाइटी अष्ट्रेलियाले ‘मिट एन्ड ग्रिट’कार्यक्रमअन्तर्गत पिकनिक कार्यक्रम आयोजना गर्‍यो। अष्ट्रेलियामा बसोबास गर्ने थारुहरुलाई एकताबद्ध गराउने उद्देश्यले खोलिएको यो संस्थाले त्यहाँ रहेका थारुहरुबीच आत्मियता सम्बन्ध कायम गर्न यो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा एक सयभन्दा धेरै थारुहरु उपस्थित थिए। सिड्नीको टेम्पी पार्कमा आयोजित कार्यक्रममा सहभागी थारुहरुले तिहार तथा छठको शुभकामना आदानप्रदान गरेका थिए। उनीहरुले थारुहरुको नयाँ वर्य माघीलाई भब्यरुपले मनाउने प्रतिबद्धता पनि जनाएको संस्थाका पब्लिक रिलेशन अफिसर अरुण चौधरीले जानकारी दिए।

कार्यक्रममा नेपालका प्रतिनिधिहरु पनि सहभागी भएका थिए। थारु कल्याणकारिणी सभा मोरङका पार्षद प्रदीपकुमार विश्वास, सुनसरी झुम्काका चुमुकलाल चौधरी र दाङका भरथानी चौधरी सहभागी थिए।

थारुहरुका अलवा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सचिव देव गुरुङ, एनएसडब्लु राज्यका महावाणिज्यदूत दीपक खड्का, नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलियाका चित्र लिम्बु, लिल गुरुङ, लक्ष्मण गुरुङ, नेपाली टचका दिपेश पुन,राज के गोश्वामी, सन्तोष भण्डारी र अंकित सिंह पर्मर सहभागी थिए।

अष्ट्रेलियामा बसोबास गर्ने थारुहरुलाई छाता संगठन बनाउने उद्देश्यले दीपनारायण चौधरीको अध्यक्षता गत सेप्टेम्बरमा संस्था गठन भएको थियो।

Leave a Reply

Your email address will not be published.