सडक दुर्घटनामा थाकसका क्षेत्रीय सदस्य साउना महतोको मृत्यु

कारी महतो/चितवन।
सडक दुर्घटनामा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ (खैरहनी नगरपालिका) का क्षेत्रीय कार्यसमिति सदस्य साउना महतोको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना.५ख ९८६१ नम्बरको मालबाहक ट्रकले ना.२८प ७७३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएपछि खैरहनी नगरपालिका वडा नं. १ निवासी अन्दाजी ५० वर्षीय साउना महतो मृत्यु भएको हो ।

मोटरसाइकलमै सवार मृतक साउनाको श्रीमति जेनी महतो गम्भीर घाइते भएका छन् । उनको भरतपुरस्थित एलाईभ अस्पतालमा उपचार भैरहेको जनाइएको छ । ट्रक ड्राइभरको लापरबाहिले दुर्घटना भएको भनेर घटना लगत्तै स्थानीय प्रत्यक्षदर्शीहरुले ट्रकमा आगजनी गरेका छन् ।

साउना महतो पूर्वमाओवादी कार्यकर्ता थिए । जनयुद्धकालमा उनी करीब डेढ वर्षसम्म सुरक्षाकर्मीको हिरासतमा परी शारीरिक र मानसिक यातना भोगेका थिए । दोश्रो जनआन्दोलन पश्चात उनी केही वर्ष शक्तिखोरस्थित माओवादी शिबिरमा समेत रहेका थिए । शान्तिप्रक्रिया पश्चात उनी समाजसेवामा लागेका थिए । पछिल्लो स्थानीय तहको निर्वाचन अगाडि उनी एमालेमा प्रवेश गरेका थिए । उनका एक छोरा र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published.