थारु पत्रकार संघ नेपालको पर्सामा शाखा गठन

पर्सामा थारु पत्रकार संघ नेपाल गठन भएको छ। थारु पत्रकार संघ नेपाल २ नम्बर प्रदेशका संयोजक दुष्यन्त चौधरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख अतिथ्यतामा ७ सदस्सीय समिति चयन गरेको छ।

नवगठित समितिको अध्यक्षमा ओमप्रकाश चौधरी, उपाध्यक्ष पुनम महतो, सचिव मेघराज राय, कोषाध्यक्ष शम्भु महतो थारु चयन भएका छन्। त्यस्तै सदस्यहरुमा रामकिशोर चौधरी, दिपेन्द्र चौधरी र मनोज चौधरी छन्।

कार्यक्रममा विशिष्ट अतिथि पर्साका अध्यक्ष श्याम बन्जारा, फोनिज २ नम्बर प्रदेशका संयोजक निरज पिठाकोटे मगर, थारु पत्रकार संघ नेपाल बाराका उपाध्यक्ष जियालाल चौधरी, थारु नागरिक समाज बारा, पर्सा रौतहटका अध्यक्ष प्रमानन्द चौधरी, समाजिक अभियन्ता प्रकाश थारु, विजया ओझैया लगायतकाले मन्त्वय राखेका थिए ।

यसैबीच थारु पत्रकार संघ नेपाल प्रदेशका संयोजक दुष्यन्त चौधरीले नेपाल पत्रकार महासंघ २ नम्बर प्रदेशका अध्यक्ष दिपेन्द्र चौहानलाई विभिन्न माग राख्दै ज्ञपानपत्र समेत बुझाएका छन्। ज्ञपानपत्र बुझाउँदै प्रदेश नम्बर २ मा थारु समुदायका पत्रकारहरुको संख्या बढेपनि नेपाल पत्रकार महासंघले सदस्यता वितरण गर्न कञ्जुस्याइ गरेकोमा थारु पत्रकार संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकारलाई स्थापित गराउने राज्यको मूल संस्थाले नै विभेद गर्नु दुःख भएको बताएको छ। पत्रकार महासंघले अगामी दिनमा सदस्यता वितरण गर्दा थारु समुदायमा सक्रिय रहेका पत्रकारहरुको अधिकभन्दा अधिक सदस्यता दिन थारु पत्रकार संघ नेपालले मागसमेत गरेको छ। महासंघले सदस्यता वितरण गर्ने बेलामा सक्रिय रहेका थारु पत्रकारहरुलाई सदस्यताबाट वञ्चित गरेमा अगामी दिनमा थारु पत्रकारहरु आन्दोलन गर्न बाध्य हुने व्यहोरासमेत जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published.