महिला हिंसाविरुद्धको झम्टा गीत प्रतियोगितामा सङवा महिला समूह प्रथम

कारी महतो/चितवन।
जितिया पर्वको अवसवरमा थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ खैरहनी नगरपालिकाद्वारा आयोजित महिला हिंसा विरुद्ध झम्टा गीत प्रतियोगितामा सङवा महिला समूह, बडगाउँ प्रथम भएका छन् । प्रतियोगितामा वाइएसिडी समूह मगनी द्वितीय र साथी सङवा महिला समूह कपिया तृतीय भएका छन् ।

प्रथम, द्वितीय र तृतीय हुने समूहले नगद रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगद पुरस्कार हासिल गरेका छन् । प्रतियोगितामा २७ वटा महिला समूह सहभागी भएका थिए । सहभागी महिला समूहले गीत मार्फत महिला हिंसा विरुद्ध सम्पूर्ण महिलाहरु एकजुट हुनुपर्ने र बलत्कारीलाई फाँसीको सजाय हुनुपर्ने सन्देश दिए । प्रतियोगी सम्पूर्ण टिमलाई शान्तवना स्वरुप नगद रु दुई हजार सहित प्रशंसा पत्र प्रदान गरियो ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथिका रुपमा आमन्त्रित खैरहनी नगरपालिकाका नगरप्रमुख लालमणि चौधरीले संस्कृति संरक्षणमा युवाहरुलाई जागरुक बनाउनु पर्ने बताएका छन् । उनले संस्कृति संरक्षणका लागि शिक्षा अनिवार्य रहेको बताए । कार्यक्रमको विशिष्ट अतिथिका रुपमा आमन्त्रित खैरहनी नगरपालिकाका नगर उपप्रमुख सुनिता थपलियाले महिला हिंसा निर्मूल गर्नका लागि व्यक्ति, परिवार र राज्य सबैले आआफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति शशि खनिया, नेकपाका जगन्नाथ आचार्य, खैरहनी उद्योग वाणिज्य संघका उपाध्यक्ष शेषकुमार ओली, वडा नं. ८ का वडाध्यक्ष टेकबहादुर थापा, थाकस पूर्व केन्द्रिय सदस्य चन्द्रकुमारी चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा लक्ष्मण प्रसाद चौधरी, सुरेश चौधरी र जियनी चौधरीले निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रम थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति चुडामणि चौधरीको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published.