थारु पत्रकार संघद्वारा थप दुइटा पत्रकारिता पुरस्कार स्थापना

थारु पत्रकार संघ नेपालले थप दुई वटा पत्रकारिता पुरस्कार घोषणा गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १२,१५१ रुपैयाँ राशिको ‘सुष्मा चौधरी थारु महिला राष्ट्रिय पत्रकारिता पुरस्कार’ र १०,१११ रुपैयाँ राशिको ओएसिस पत्रकारिता पुरस्कार स्थापना गरेको महासचिव किशोर चौधरीले जानकारी दिए।

महिला सशक्तिकरणमा काम गरिरहेका सुष्मा चौधरी महिला पत्रकारको उत्थान तथा प्रवर्द्धन गर्न सो पुरस्कारको स्थापना गरेको बताइन्। त्यस्तै ओएसिस मेडिकल कलेज भरतपुरका प्रबन्धक डा. मनोज चौधरी र हेमा कुमारी चौधरीले ‘ओएसिस पत्रकारिता पुरस्कार’ स्थापना गरेका हुन्। उनले थारु पत्रकारलाई प्रोत्साहन गर्न थारु पत्रकार संघ नेपालको नाममा १ लाख ११ हजार १११ रुपैयाँको अक्ष्य कोष स्थापना गरिदिएका छन्।

संघले सतौंन चौधरी स्मृति ट्रस्टद्वारा ११ हजार १ सय ११ राशिको राष्ट्रिय पत्रकारिता पुरस्कार र जोखन-जगत रत्गैँया राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published.