बिहारका मुख्यमन्त्री नितिशकुमार नेपाल आउँदै

Nitish-Kumar

कांग्रेसको १३ औ महाधिवेसनमा सहभागि हुन विहारका मुख्यमन्त्री नितिश कुमार बुधबार काठमाडौं आउने भएका छन् । उनले विभिन्न राजनीतिक दलका नेताहरु र सरकारी पक्षसंग पनि भेटघाट गर्ने छन् । भारतमा मनमोहन सिंह प्रधानमन्त्री हुँदा पनि उनले नेपाल भ्रमण गर्ने चासो देखाएका थिए ।

पटक पटक केन्द्र सरकारसंग अनुमति मागे पनि आउन पाएका थिएनन । गिरिजाप्रसाद कोइरालाको निधनका समयमा आउने इच्छा जनाउँदा केन्द्र सरकारले स्वीकृति दिएको थिएन । यसपटक पनि कांग्रे उनी आउनेमा ढुक्क हुन सकेको थिएन । यसपालि भने भ्रमण स्विकृत भइसकेको छ । भाजपालाई उनको गठबन्दनले विहारमा लज्जास्पद हराएर उनी पुनः मुख्य मन्त्री बनेका हुन् ।

उनले कांग्रेसको महाधिवेसनमा सहभागि हुनुका साथै प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अन्य राजनीतिक दलका शिर्ष नेताहरुसंग पनि राजनीतिक तथा नेपाल भारत सवम्वन्ध बारे परामर्श गर्ने छन् । उनका साथमा जनता दल युनाइटेडका विहारका नेता केसी त्यागी पनि आउने छन ।

त्यस्तै भारतीय जनता दलका उपाध्यक्ष भगत सिंह कोशियारी पनि नेपाल आउने भएका छन । कांग्रेस आइका नेताहरु पनि आउने बताइएको छ । अतिथि ब्यवस्थापनको जिम्मेवारी पाएका स्वागत समिति सदस्य राकेश हमालले उनीहरुको भ्रमणबारे कान्तिपुरलाई जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published.