चर्चित गायिका टीका प्रसाइँको थारु गीत ‘साजन से मिले’ सार्वजनिक

थारु फिल्मस् प्रोडक्सनले पहिलो म्युजिक भिडियो सार्वजनिक गरेको छ। चर्चित गायिका टीका प्रसाइँको स्वर रहेको ‘साजन से मिले’ गीत सार्वजनिक गरेको हो।

रामलाल चौधरीको शब्द रहेको गीट्टमा विकास चौधरीले संगीत दिएका छन्। म्युजिक भिडियोमा बीएन चौधरी र एन्डिसा चौधरीले अभिनय गरेका छन्।

जानकी चौधरी निर्माता रहेको भिडियो जनक चौधरीले निर्देशन गरेका छन्। कोरिग्राफर पनि जनक चौधरीले आफैँले गरेका छन्।

Leave a Reply

Your email address will not be published.