टीकापुर घटनाका पीडित परिवारलाई राहत वितरण

टीकापुर घटनाका पीडित परिवारलाई राहत वितरण गरिएको छ। थारु महिला सभा मोरङकी अध्यक्ष कल्पना थारु, थारु युवा महेश चौधरीलगायतको सक्रियतामा ५५ हजार राशि बराबरको राहत वितरण गरिएको हो।

महेश चौधरीका अनुसार ५५ हजार रकम र दाङ जिल्लाबाट ४५ हजार बराबरको खाद्यानलगायतका सामग्री पीडित परिवारलाई वितरण गरियो।  चौधरीका अनुसार पीडितमध्ये सबैभन्दा दयनीय ७ घरपरिवारको आर्थिकसँगै जिन्सी सहयोग गरिएको थियो।

२०७२ भदौ ७ गतेको घटनाको अभियुक्त भन्दै प्रहरीले २५ जनालाई पक्राउ गरेको थियो। उनीहरु अहिले कैलाली करागारमा छन्।

Leave a Reply

Your email address will not be published.