काठमाडौंबाट किस्‍नु थारु बेपत्ता, तीनदिनदेखि सम्पर्कविहीन

तीन दिनअघि छोरी–ज्वाईंसँगै काठमाडौं गएका शिवराज नगरपालिका १, शिवपुर निवासी ४४ वर्षीय किस्नु थारू सम्पर्कविहीन छन् ।

काम गर्ने ठाउँको डेरामा पुगिसकेपछि घुम्न जान्छु भनी एक्लै हिंडेका किस्नु थारू हालम्म पनि डेरामा फर्केका छैनन् । न त उनी घर नै फर्केका छन् ।

बुवा हराएपछि छोरी निकै चिन्तित बनेकी छन् । यता घरपरिवार पनि चिन्तामा छन् । ‘चारैतिर खोजतलास गरिसक्यौं तर बुवा हालसम्म कहींकतै फेला पर्नु भएन’, छोरी बसन्तीले भनिन् ।

बुवाको खोजी गरिदिनुहुन छोरीले सबैसँग अपील गरेकी छन् । ‘बुवा कतै भेटिनु भएमा मेरो मोबाइल नं. ९८१३३३१२४८ मा फोन गरी जानकारी दिनुहोला’, उनले भनेकी छन् ।

Leave a Reply

Your email address will not be published.