‘माननीय गंगा चौधरी, तपाईँको सांसद बन्न लायक योग्यतालाई हार्दिक श्रदाञ्जली !’

काठमाडौं- सत्तारुढ दलका सांसद गंगा चौधरी सत्गौँवा विवादमा तानिएकी छन्। डा. गोविन्द केसीलाई संसदमै हत्यारा भनेपछि उनी विवादमा तानिएकी हुन्। समाजिक सञ्जालमा सांसद चौधरीलाई गाली गर्नेको भीड लागेको छ। कतिपयले सांसद चौधरीलाई ‘बौलाहा’समेत भनेका छन्। आइपागलबस्तीले ट्विटरमा ‘गंगा चौधरी बौलाहा हुन्, कसले कारबाही गर्छ’ भनी उडाएका छन्।

कतिपयले सांसद सत्गौँवालाई ओली र प्रचण्डको पुच्छर समातेर सांसद बनेकी आरोप लगाएकी छन्। जीवन श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘गंगा चौधरी कहिले थरूहट तराई पार्टी, कहिले भट्टराई र कहिले ओली र १७०० हजार जनता मार्ने प्रचण्डको पुच्छर समातेर सांसद बनेकी छन्। के बोल्दैछु भनेर हेक्का नहुने, नुनको सोझो गर्नेलाई के भन्ने?’

त्यस्दै पत्रकार देवेन्द्र बस्नेत लेख्छन्, ‘थरुहट आन्दोलनको नेतृत्वकर्ता तपाईँलाई एउटा प्रश्न माननीयज्यू, थारुहरुको पहिचानका लागि लड भनेर थारु समुदायलाई उकास्दा मारिएका थारु समुदायका सोझासाझा नागरिकको हत्यारा कसलाई भन्ने त? कि त्यो बेला पनि डा. केसीले हत्या गरे?’

त्यस्तै विराट खनालले वैदेशिक रोजगारमा गएका नेपालीहरुको दैनिक २ देखि ३ वटा शव त्रिभुवन विमानस्थलबाट भित्रिने गरेको तथ्यांक दिँदै कतिको जनाको हत्या अभियोग खेप्नुहुन्छ भन्दै प्रश्न गरेका छन्।

निरञ्जल अधिकारी लेख्छन्, ‘हसाउनुभो माननियज्युले। डा. केसी हत्यारा, प्रचण्ड, केपी ‌ओली, बालकृष्ण ढुङ्गेलचाहिँ साधु? जाहाँ मनलागे पनि खोल्न पाउनुपर्छ भन्ने तपाईँचाहिँ जनप्रतिनिधि, अनि हरेक प्रदेशमा मेडिकल खोलिनुपर्छ र काठमडौं केन्द्रीत हुनु हुँदैन भन्ने केसी चाहिँ हत्यरा। तपाईँको सांसद बन्न लायक योग्यतालाई हार्दिक श्रदाञ्जली।

त्यस्तै विष्णु तिवारीले यतिबेला बलात्कार र हत्या हुने तथ्यांक बढिरहेको भन्दै गोविन्द केसीको उदाहरण दिएर तिमीहरु पनि बलात्कारी, हत्यारा हो भन्न खोजेको हो? भन्दै प्रश्न गरेका छन्।

कृष्ण न्यौपाने फेसबुकमा लेख्छन्, ‘दस वर्षसम्म नेपालमा मेडिकल कलेज खोल्न नपाउने कहाँ भनेको छ? केही थाहा नहुने नि सांसद रहेछन्। एउटा डा. सत्याग्रहमा उत्रिए, अन्यले समर्थन गरे, जसरी पनि पूरा गर्ने मागहरुलाई २७ दिनसम्म चुइँक्क नबोलेर रमिता हेर्ने, जनता सडकमा र डाक्टरहरुले अस्पताल बन्द गर्नपर्ने अवस्था ल्याउने यो सरकारलाई दोष हुँदैन?’

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.