कांग्रेसमा गच्छदारको गर्जन, एकता भंग गरिदिने चेतावनी [भिडियो]

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन्। काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा नेता गच्छदारले पार्टी एकीकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन्। गच्छदारले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिस्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दाबी समेत गरे।

उनले आफूसहित तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका हजारौं नेता–कार्यकर्तालाई अपमान गर्ने काम गरेको भन्दै आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप समेत लगाए।

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच गत वर्षको असोज २१ मा पार्टी एकता भएको थियो। नेता गच्छदारले पार्टी एकीकरणताका दुई पार्टीबीच भएको सहमति कार्यान्वयन नभएपछि आफू पार्टी एकता भंग गर्न बाध्य हुने अवस्थामा पुगेको बताए।

उनले निर्वाचनमा पार्टीभित्रैबाट आफूलाई पराजित गर्न कोसिस गरिएको, पार्टी नेतृत्वले रामजनम चौधरीलाई पार्टीको केन्द्रीय सदस्य बनाउन समेत अस्वीकार गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे।

नेता गच्छदारले लोकतन्त्रलाई बलियो बनाउन आफू कांग्रेसमा आए पनि पार्टी नेतृत्वले त्यसको उचित कदर नगरेकोमा आफूलाई दुःख लागेको पनि बताए।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.