गुर्डोन र यामानाकाले पाए चिकित्साशास्त्रको नोबल

जोन गुर्डोन र शिन्या यामानाका

एजेन्सी- चिकित्साशास्त्रको नोबल पुरस्कार यो वर्ष बेलायती अनुसन्धानकर्ता जोन गुर्डोन र जापानका शिन्या यामानाकाले पाएका छन्। स्टकहोमको कारोनलिन्स्का इन्स्टिच्युटले सेल र अर्गानिज्मको विकासबारे हाम्रो बुझाईमा क्रान्तिकारी परिवर्तन ल्याएको भन्दै यो प्रतिष्ठित पुरस्कार दिने निर्णय गरेको हो।

यो वर्षको नोबल पुरस्कारको सिजन आजको यो मेडिसिनतर्फको अवार्डको घोषणासँगै सुरु भएको छ। भौतिकशास्त्र तर्फको नोबल पुरस्कार भोलि, रसायन शास्त्रको बुधबार, साहित्यको बिहीबार र शान्तिको शुक्रबार घोषणा हुँदैछ। त्यसैगरी अर्थशास्त्रतर्फको नोबल पुरस्कार असोज २९ गते घोषणा हुनेछ। सबै पुरस्कार डिसेम्बर १० मा हस्तान्तरण गरिँदैछ।

Leave a Reply

Your email address will not be published.