सहकारी संस्था किसानको ढुकढुकी बन्नुपर्छ : राज्यमन्त्री चौधरी

कृषि,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम कुमारी चौधरीले राष्ट्रिय सहकारी बैंक लिमिटेडहरुलाई किसानहको ढुकढुकी बनाउनुपर्ने बताएकी छन्।

सहकारी बैंक तथा सदस्य सहकारी संस्थाबीचको अन्तरक्रियामा बोल्दै राज्य मन्त्री चौधरीले मुलुकको सामाजिक,आर्थिक रुपान्तरणका लागि देशभरि छरिएर रहेको पूँजी, सीप र साधनलाई एकीकृतरुपमा सहकारीका माध्यमबाट परिचालन गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न आह्वान गरिन्।

ठूला बैंक तथा वितीय संस्थाहरु ग्रामीण क्षेत्रबाट आफ्नो सेवा शहरी क्षेत्रमा केन्द्रीत गरेको अवस्थामा ग्रामीण तहमा सहकारीलाई प्रवर्द्धन गर्न यस बैंकले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै मन्त्री चौधरीले यस बैंकले सदस्य संघसंस्थालाई नियमन, अनुगमन तथा सुपरीवेक्षणको कार्य गर्न शिक्षा, तालिमको माध्यमबाट व्यवसायिक तथा प्राविधिक सहयोग प्रदान गर्दै तिनीहरुको वितीय आवश्यकतालाई पूरा गराउनुपर्ने बताइन्।

अनुत्पादन क्षेत्रमा लगानी गर्ने सहकारीलाई सरकारले कानुनी दायरामा ल्याउन पहलसमेत गरिरहेको  उनले बताइन्म। देश र समाज सम्वृद्धिको मूल जग नै सहकारी भएकाले सरकारले आवश्यक नीति बनाइ अगाडि जाने उनको भनाई थियो।

Leave a Reply

Your email address will not be published.