रेशमकाे पार्टीकाे भन्दै मन्त्रीज्युले दुर्व्यवहार गर्नुभयाे : सांसद चाैधरी

राष्ट्रिय जनता पार्टी नेपालका प्रदेश सांसद कृष्णबहादुर चौधरीले प्रदेशमन्त्रीले आफूलाई दुर्व्यवहार गरेको बताएका छन् । आफूलाई रेशम चौधरीको पार्टीको भन्दै एमाले मन्त्री माया भट्टले दुर्व्यवहार गरेको उनले बताए ।

आर्थिक वर्ष २०७५-७६ बजेटमाथि भएको छलफलमा बोल्दै सांसद चौधरीले कैलालीको पथरैया नदीमा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिदिन प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टकहाँ जाँदा आफूलाई रेशम चौधरीको पार्टीको होस् भन्दै दुर्व्यवहार गरेको जानकारी गराए ।

उनले आफ्नो क्षेत्रमा बजेट सम्बोधन नभएको भन्दै गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published.