सबै किसानको कार चढ्ने हैसियत बन्छ : राज्यमन्त्री चौधरी

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले ड्रम सिडर र सिडड्रिल मेशिनबाट छरुवा धान खेती प्रविधिको उद्घाटन गरेकी छिन् ।

नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान सुपरजोन कार्यान्वयन इकाई कचनकबल बनयानीद्वारा आयोजित कार्यक्रममा उनले छरुवा धान मेशिन चलाएर रोपेर उदघाटन गरेकी हुन् । यो मेशिन भित्रिएसंगै अब सुख्खा ठाउँमा पनि हिलो नगरी नै धान खेती गर्न सकिने छ ।

मेशिन उद्घाटन गर्दै चौधरीले ‘विश्वमा अत्याधुनिक प्रविधिबाट खेती गरे तापनि नेपालमा भने पूरानै तौरतरीकाको सामाग्री प्रयोग गरेकाले कृषि उत्पादनमा ह्रास आएको’ बताइन् । ‘कृषिमा आधुनिकीकरण, औजारीकरणले मात्रै कृषि उत्पादनमा वृद्धि गर्न सकिन्छ’ उनले भनिन् ।

‘यो परियोजनाको लक्ष्य १० वर्षभित्र सबै किसानहरुलाई आधुनिकीकरण, औजारीकरण र व्यवसायीकरण गरी उत्पादनमा वृद्धि संगै आर्थिक प्राप्त गर्नु हो’ उनले भनिन्, ‘आगामी १० वर्षभित्र नेपालको कृषि उत्पादन विश्व बजारमा पाउने गरी काम गरौं, निर्यातको लक्ष्य राखेर काम गरौं ।’

‘हामी सबै किसान कार चढने हैसियत बनाउँछौं । अब किसान र मजदुरले पनि कार चढछन् भन्दा तपाईहरुलाई अचम्म लाग्न सक्छ’ राज्यमन्त्री चौधरीले भनिन्, ‘तर, यो कुरा सत्य हो । तपाईंहरु प्रविधिलाई पछ्याउनुस्, उत्पादन बढाउनुस्, यो दिन धेरै टाढा हुने छैन ।’

Leave a Reply

Your email address will not be published.