थारू ग्रामथानमा यसरी चल्यो डोजर [भिडियाे]

सुनिल चौधरी/सुनसरी
इटहरी ८ टेंग्राटोलका थारुहरुले वर्षौदेखि पूजापाठ गर्दै आएको ग्रामथानमा भूमाफियाहरुले डोजर चलाएका छन्। भूमाफियाले पुलिस प्रशासनकै संरक्षणमा नगरपालिकाको डोजरले त्यहाँ रहेको ग्रामथानलगायत भूमिघर भक्तकाएका हुन्। उनीहरूले थारु महिला अगुवाहरुमाथि कुटपिटसमेत गरेका छन्।
ग्रामथान र भूमिघरलाई भत्काउने क्रममा ग्रामथान संरक्षण समितिकी अध्यक्ष जानकी चौधरीलार्ई कुटपिट गरेको स्थानीय तथा समितिका सचिव सुमित्र चौधरीले बताएकी छन्। ‘त्यो थरुनी कहाँ छ, त्यसलाई कुट’ भन्दै कुटपिट गरेकाे उनले बताइन्। घाइते चौधरीलाई बिराटनगरको अस्पतालमा भर्ना गरिएको छ।

ग्रामथान संरक्षणका लागि चौधरीले सबैसँग अपिल गरेकी छन्। राज्यले थारुको पहिचान समाप्त पार्न लागिपरेको स्थानीयहरुले बताएका छन्। त्यहाँ एलानि जगगामा भूमिघर, ग्रामथान, जितिया पानी घट्ट पोखरी रहेको थियो ।

भिडियाे हेर्नुस्

Leave a Reply

Your email address will not be published.