राज्यमन्त्री चौधरी दलबल लिएर किन पुगिन् मेची सीमाना ?

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरी दलबल सहित मेची सिमानामा पुगेकी छन्। भारतीय पक्षले झापाको मेची सीमानामा नेपाली भूभाग पटकपटक मिचेको जनगुनासो आएपछि झापा नापी कार्यलयका केही कर्मचारीहरुलाई लिएर चौधरी शुक्रबार नेपाल भारतको मेची सिमानामा पुगेकी हुन।

मेची नदी पूर्वसम्म नेपाली भुमी रहेको र नेपालीहरुको बसोबास संगै नक्सा र लालपुर्जा भएता पनि उक्त जमिन हाल भारतले दाबी गरेकाले बेला बेलामा उक्त ठाउँमा दुई पक्षिय बिवाद भइरहने स्थानीय बासिन्दा हरुको गुनासो छ ।

संसदीय टोली र नापि बिभागको टोलि एकै पटक अध्यनको लागि पुगेता पनि हाल सम्म समस्याको समाधान नभएको प्रति राज्य मन्त्रीलाई स्थानीयहरुले गुनासो व्यक्त गर्दै समस्या समाधानको लागि पहल गरिदिन अनुरोध गरेका छन्।

सीमाको निरीक्षण पछि स्थानीय बासिन्दाहरु संगको भेटेमा राज्य मन्त्री चौधरीले सिमा बिवादको समस्या बारे केन्द्रमा छ्लफल गर्ने र छिट्टै बस्ने नेपाल भारत मन्त्री स्तरीय बैठकमा सिमा विवाद बारे कुरा उठाउदै समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published.