लागूअौषध नियन्त्रणमा, हरेराम चौधरीसहित चार जना पक्राउ

नागेन्द्र चौधरी/बारा।
कोल्हवी क्षेत्रमा चेकजाँचको क्रममा ठूलो मात्रामा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले विषेश सुराकीको आधारमा चेकजाँचका क्रममा चारै जनालाई पक्राउ गरेका प्रहरी स्रोतले जानकारी दिए।

खुल्ला सीमाना भएकाले छिमेकी मुलुक भारतबाट लागूऔषध ओसारपसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको  स्रोतले बतायो। झुरझुरे प्रहरी चौकीका टोलीले चेकजाँच गर्ने क्रममा एउटा अटोबाट लागूऔषध बरामद गरिएको हो। ३३ थान एनपुल ( भ्याक्सिन सुई ) तथा ७५ थान नाइट्राभेट ट्याब्लेटसहित उनीहरु पक्राउ गरेका हुन्।

स्रोतले दिएका जानकारी अनुसार पक्राउ पर्नेमा कोल्हवी नगरपालिका वडा नम्बर ६ सोनाभार बस्ने हरेराम चौधरी, कोल्हवी नगरपालिका वडा नम्बर ८ बस्ने अभिषेक तामाङ, निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने विश्वास थापा मगर, निजगढ नगरपालिका वडा नम्बर ७ बस्ने हरि भण्डारी छन्।

Leave a Reply

Your email address will not be published.