संसदमा आक्रोशित बन्दै तेजुलालले भने, ‘संविधान संशोधन कहिले हुन्छ?’

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी सरकारले ल्याएको नीति तथा कार्यक्रम अस्पष्ट रहेको भन्दै आक्रोशित बनेका छन् । सांसदमा बोल्दै सांसद चौधरीले नीति तथा कार्यक्रममा १४३ बुँदा राखेपनि कहिले, के कसरी कार्यन्वयन गर्ने कुरा अस्पष्ट भएको बताए ।

उनले सरकारले केन्द्रीय शासन चलाउन खोजेको आरोप पनि लगाए । अहिले तीन तहको संरचना रहेको र स्थानीय र प्रदेशमा पनि अधिकार दिनुपर्ने भन्दै उनले यो नीतिलाई संघीयविरोधीको संज्ञा दिए ।

उनले विभिन्न चरणका आन्दोलनले प्राप्त गरेको अधिकार सुनिश्चित नगरेको अरोप लगाए । ‘संविधान संशोधन, समानुपातिक समावेशिताका कुरा, कमैयाको अधिकारका कुरा, नीति तथा कार्यक्रममा खोइ उनीहरुको कुरा ?,’ तेजुलालको प्रश्न थियो ।

उनले १४३ बुँदे नीति तथा कार्यक्रम ल्याउँदैमा देशमा समृद्धि नआउने बताउँदै हरेक तहतप्कालाई समेटेर लैजानुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published.