थाकसको जनचेतना तथा जनपरिचालन टोली कपिलबस्तुमा

श्याम सिटी/कपिलवस्तु।
थारु कल्याणकारिणी सभा केन्द्रीय समिति तथा थरुहट थरुवान संयुक्त संघर्ष आन्दोलन परिचालन कमिटिको मेची महाकाली अनुगमन, जनचेतना तथा जनपरिचालन कार्यक्रम थारु कल्याणकारिणी सभा हल गोरुसिंगेमा सम्पन्न भएको छ ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमितिले अहिलेसम्म गरेका कार्य प्रगतिको बारेमा अनुगमन तथा अन्तरिक्रिया गरिएको थियो । थारु समुदायलाई सचेत पार्नको लागि दुई हजार पाँच सालमा गठन भएको थारु कल्याणकारिणी सभाले अहिलेसम्म गरेको कार्य प्रगतिको बारेमा पनि छलफल गरिएको थियो ।

आफ्नो हक अधिकार प्राप्त गर्नको लागि थारु स्वयं अग्रसर भई लाग्नुपर्ने थारु कल्याणकारिणी सभाका केन्द्रीय महामन्त्री अमिरी थारुले जोड दिएका थिए । थारु समुदायलाई पछाडि पार्नको लागि धेरै किसिमको षड्यन्त्र भएको र राज्यले पनि विभेद गरेकाले थारु समुदाय अगाडि बढन नसकेको थारु कल्याणकारिणी सभाका केन्द्रीय सल्लाहकार एवं आन्दोलन परिचालन केन्द्रीय कमिटी सदस्य रुकमिणी थारुले बताइन् ।

आफ्नो भाषा, कला, संस्कृति जोगाउनुमा थारु कल्याणकारिणी सभाले उल्लेख्य काम गरेको दर्शाउँदै अगामि दिनमा अझ सशक्त भएर लागेमा समाज तथा राष्ट्रलाई परिवर्तन तथा विकास गर्न सकिने सभाका केन्द्रीय सदस्य भोजराज थारुले बताए । कार्यक्रममा थारु समाजसेवी झगरु प्रसाद थारु, केन्द्रीय पार्षद नागेन्द्र प्रसाद रौतार लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published.