नारायणकाजीलाई हराउँदै गोरखामा बाबुराम भट्टराईको ‘ह्याट्रिक’

गोरखा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार डा. बाबुराम भट्टराई विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतान्तरले पराजित गरेका हुन्।

भट्टराईले ३२ हजार ८ सय सात मत प्राप्त गरे भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत प्राप्त गरे। यो सँगै डा. भट्टराईले गोरखामा ह्याट्रिक गरेका छन्। उनी २०६४ र २०७० को संविधान सभाको निर्वाचनमा पनि विजयी भएका थिए। गोरखा २ मा ६० हजार १ सय १७ मत खसेको थियो। २ हजार ६ सय ३८ मत बदर भएका छन्।

Leave a Reply

Your email address will not be published.