कांग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई हराउँदै अमनलाल मोदी विजयी

मोरङको क्षेत्र नं. ४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका हुन् । मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । मोदीले ६ हजार ७२९ मतान्तरले आचार्यलाई पराजित गरेका हुन् ।

मोदीले ३३ हजार ५२९ मत ल्याएका छन् भने प्रतिस्पर्धी कांग्रेस नेता आचार्यले २६ हजार ८०० मत मात्रै पाए ।

को हुन् अमनलाल मोदी ?
माओवादी नेता अमनलाल यादवको जन्म २०४२ सालको असोज ५ गते डंग्राहा ३ मोरङमा भएको हो । उहाँले स्नातक तहसम्म अध्ययन गर्नु भएको छ । सरस्वति मावि दुहबी सुनसरीबाट एसएलसी दिएका मोदीले महेन्द्र मोरङ क्याम्पस, बिराटनगरमा स्नातकसम्म पढ्नु भएको हो ।

२०५६ सालमा अखिल क्रान्तिकारीको इकाई सदस्य हुँदै राजनीतिमा लागेका मोदी २०५७ सालमा माओवादीको क्षेत्रीय सदस्य हुुन भएको थियो । २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य बनेका अमनलाल अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्ष, अध्यक्ष हुँदै माओवादीको जिल्ला सदस्य बन्नुभयो । २०७० सालको चुनावमा माओवादीको निर्वाचन परिचालन कमिटी संयोजक बनेका मोदी समानुपातिक तर्फबाट सभाषद बन्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.