बर्दियाका २ का प्रतिनिधिसभा उम्मेदवार दहित र चौधरीले गरे मतदान

बिना विभागीय मन्त्री सन्तकुमार थारुले बारबर्दिया नगरपालिका–२ स्थित जोगीगाउँमा रहेको युवक माविको केन्द्रबाट मतदान गरेका छन् । भूमिसुधार मन्त्री गोपाल दहितले राजापुर नगरपालिका वडान–२ मा रहेको ज्ञानोदय प्रावि सोहरिया मतदान केन्द्रबाट मतदान गरेका छन् ।

बिना विभागीय मन्त्री सन्कुतमार थारु र भुमिसुधार मन्त्री गोपाल दहित बर्दिया क्षेत्रनं –२ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

बर्दियामा ३ सय २९ मतदान केन्द्र मध्ये ५७ बटा अतिसंवेदनशील, ४५ वटा संमेदनशील र ५१ वटा मतदान केन्द्र सामान्य छन् । २ हजार ६ सय ३२ जना कर्मचारी र करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दुई प्रतिनिधि र चार प्रदेशसभाका लागि २ लाख ७२ हजार ४ सय ७७ मतदाता रहेका छन् । मतदान शान्तिपूर्वक र उत्साहजनक भईरहेको सहायक निर्वाचन अधिकृत देवराज भारतीले बताए । निर्वाचन सुरक्षाका लागि तीन घेरामा सुरक्षाकर्मी पचिलालित छन् । ६ सय नेपाली सेना, ५ सय सशस्त्र प्रहरी बल र ३ हजार नेपाल प्रहरी र म्यादी प्रहरी खटिएको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published.