भोट हाल्दै गच्छदारले भने- ‘सबै निरासालाई यो चुनावले अन्त्य गर्छ’

नेपाली कांग्रेसका नेता उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले आज दिउँसो दुहवी नगरपालिका–२ तुताहास्थित नवीन निकेतन शिक्षा विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । उपप्रधानमन्त्री गच्छदारको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) वैकल्पिक केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री भगवती चौधरीले पनि सोही मतदान केन्द्रबाट ‘ख’ मतदान गरिन्।

दुई हजार मतदाता रहेको उक्त मतदान केन्द्रमा मतदान गरेपछि उपप्रधानमन्त्री गच्छदारले अहिलेको निर्वाचन संविधान कार्यान्वयन गर्ने अवसरको गौरवपूर्ण मतदान भइरहेकाले आफूले संविधान कार्यान्वयनसँगै देशको आर्थिक समृद्धि र युवालाई देशभित्रै स्वरोजगार सिर्जनाको निर्णायक कार्य भएको बताए ।

उनले मतदातामा लोकतन्त्रको पक्षमा मतदान गर्दै देशले प्राप्त गरेको उपलब्धि रक्षाका लागि जुन उत्साह र उमंग देखिएको छ त्यसलाई मूर्तरुप दिन लोकतान्त्रिक नेतृत्वले चुनाव जित्ने वातावरण बनिरहेकामा आफूलाई भित्रैदेखि उत्साह जागेको पनि सञ्चारकर्मीसँगको संक्षिप्त जिज्ञासामा उक्त कुरा बताए ।

उपप्रधानमन्त्री गच्छदारले विपक्षी उम्मेदवार वा दलभन्दा आफूले निकै धेरै फरक मत प्राप्त गरेर निर्वाचन जित्ने परिस्थिति देखिएको समेत जानकारी दिए । उनले पछिल्लो समयमा राजनीतिप्रति सर्वसाधारणमा देखिएको निरासालाई यो चुनावले अन्त्य गर्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published.