समाजिक अभियन्ता देवनारायण चौधरी भन्छन्, ‘मेरो जित सुनिश्चित छ’

बुबा जगुदास थारु र आमा किशमतियादेवि थरुनीका जेठो छोरा हुन्, देवनारायण चौधरी । चौधरीको जन्म जीतपुरको नगोलमा २०१८ सालमा भयो । चौधरीका ३ छोरी र एक छोरा छन् । नेराप्रावि जीतपुर नगोलबाट आफ्नो शैक्षिक यात्रा शुरु गरेका चौधरीले त्रिभुवन माद्यामीक बिद्यालय विरगञ्जबाट एसएल्सि पास गर्नुभयो । १०४ दिनसम्म २०३५–३६ सालमा चलेको बिद्यार्थी आन्दोलनबाट चौधरी राजनितिमा प्रवेश भए । त्यसबेला उनले अनेरास्ववियुबाट आफ्नो राजनितिक यात्रा शुरु गरेका थिए । त्यसपछि चौधरी लामै समय शिक्षण पेशमा समेत आवद्ध भए ।

नेकपा एमालेले २०४९ सालमा गाबिस अध्यक्षमा चुनावको उम्मेदवार बनाउने तयारी गरेको थियो । तर त्यसबेला चौधरीले आफु अध्यक्षमा नउठ्ने बताएका थिए । २०५४ सालमा पार्टीले पुनः गाविस अध्यक्षमा उम्मेदवार बनाउने तयारी गर्यो । त्यसबेला भने चौधरीले पार्टीको भनाई काट्न सकेनन् र उम्मेदवार बने । अनि गाविस अध्यक्षको चुनावमा चौधरी भारी मतले विजयी भए । ईलाका, क्षेत्र, हुदै अहिले चौधरी जिल्ला उपाध्यक्ष भएका छन् । हालै मात्र बारा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा निर्वाचनका लागी उनले उम्मेदवारी समेत दिएका छन् ।

यस्तो छ चौधरीको सामाजिक योगदान
जीतपुर, नगोल र बकलुलियाको स्कुल व्यस्थित बनाउन चौधरी सक्रिय रहे । बाटो घाटोको काममा जीतपुरको ६ फिटे बाटोलाई १० फिटको बनाउने कामपनि उनैले गरेका हुन् । भैसि बजारलाई व्यस्थित बनाउने, जीतपुर गौशाला बचाउने लगायका थुप्रै काम पार्टीमा सक्रिय रहेरपनि उनले गरे ।

मेरो जित सुनिश्चित छ : चौधरी
बाम गठबन्धनको तर्फबाट क्षेत्र नम्बर ४ का उम्मेदवार चौधरीले आफ्नो जित सुनिश्चित रहेको बताए । उनले यस क्षेत्रको बिकास गर्न आफु प्रतिवद्ध रहेको बताए । पलखबरसंग कुरागर्दे उनले पार्टीले मुल्यांकल गरेर आफुलाई उम्मेदवार बनाएकोभन्दै टिकट दिलाउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए ।
मनोज शाह/बारा

Leave a Reply

Your email address will not be published.