दुःखमा साथ दिँदै प्रवासी थारु सेवा समाज

मलेसियामा गठन भएको प्रवासी थारु सेवा समाजले त्यहाँका थारु कामदारमा आइपर्ने समस्याहरुको समाधान गर्दै आएको छ। अलपत्र परेकालाई व्यवस्थापन गर्नेदेखि बिरामीहरुको सहयोगको लागि समाज सधैं तत्पर रहेको छ। नेपालमा हुने विभिन्न समाजिक काममा पनि समाजले आर्थिक सायहता गर्दै आएको छ।

हालसालै सुनसरी जिल्ला रामधुनि नगरपालिका -४ निवासी ध्रुवनारायण चौधरीको मलेसियामा हृदयघातका कारण मृत्यु भएको थियो। उनको शवलाई नेपाल पठाउन पनि समाजले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। सुनसरीकै पाचु चौधरीलाई साथीहरुसँग लडाइ झगडा गरेको भन्दै हिरासतमा लिएको थियो। त्यसका लागि पनि समाजले नै नेपाली दूतावासलगायत त्यहाँ संस्थाहरुलाई गुहारेर हिरासत बाहिर निकालेको थियो। त्यतिमात्र हैन, तीन वर्षदेखि क्षयरोगका कारण अस्पतालमा रहेका कैलाली दुर्गौली–९ जगतपुरका तेज बहादुर चौधरीलाई अस्पतालबाटै उद्धार गरेको थियो। उनलाई उपचार गरेर समाजकै पहल नेपाल पठाइएको थियो।

यी त प्रतिनिधि घटनामात्र हुन्। प्रवासी थारु समाजले मलेसियाका थारु कामदारहरुलाई आइपर्ने समस्यामा सधैं साथ दिइरहेको छ। ‘हामीले थारु कामदारहरुमा पर्नसक्ने समस्यालाई मध्यनजर गरेरै यो संस्था खोलेका हौं। यहाँबाट हामीले ती सबैको साझा संस्था बनाएर सहयोग पुर्‍याउने प्रमुख उद्देश्य लिएका छौं,’ समाजका संस्थापक आरएन चौधरीले थारुवानलाई बताए।

समाजले अटो रिक्स दुर्घटनामा परी गम्भीर घाइते भएका कपिलवस्तु निवासी राधेश्याम चौधरीलाई पनि ५० हजार बढी रकम सहयोग गरेको थियो।

Leave a Reply

Your email address will not be published.